‘देश अनुसारको भेष’ भन्दै दौरा–सुरुवालमा देखिए बाबुराम भट्टराई

   नयाँ दैनिक comment 0

फाल्गुण ९, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पहिलो पटक दौरा–सुरुवालमा देखिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आज बिहान सामाजिक सञ्जालबाट दौरा–सुरुवाल लगाएको तस्विर सार्वजनिक गरेका हुन् ।

दैश दौडाहमा रहेका भट्टराईले फेसबुकमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन् ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो !’

देश अनुसारको भेष भन्दै फेसबुकमा उनले दौरा–सुरुवाल लगाएको फोटो सार्वजनिक गर्नुले नेपालमा दौरा–सुरुवालको खास महत्व भएको अर्थ लाग्दछ । यो उनमा आएको रुपान्तरणको प्रमाण पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *