‘धर्म’को कर्ममा कमल थापा 

‘हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प छैन’
   नयाँ दैनिक comment 0

पुस १०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा धर्मको कर्ममा लागेका छन् । हिन्दु राष्ट्रको पुनर्स्थापनाको माग गर्दै फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने उनको भनाई छ । धर्म निरक्षेपतावादीसँग मिलेर सरकारमा गएका थापाले प्रतिपक्षमा बस्नु परेपछि थालेको धर्मको कर्ममा कतिले साथ दिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
थापाले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि देशभर आन्दोलन गर्ने घोषणा गर्ने बताइएको छ। आन्दोलन सरकारविरुद्ध नभई मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउन रहेको पनि उनको तर्क छ । मंगलबार काठमाडौंमा आयोजित एक धार्मिक भेलालाई सम्बोधन गर्दैै अध्यक्ष थापाले मुलुकको स्वाभिमान र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकताका लागि पनि हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प नरहेको दोहोर्‍याए । सो आन्दोलनमा सहभागी हुन सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल तथा धार्मिक संघ, संस्थाहरुलाई पनि आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *