नयाँ पार्टीमा पनि पुरानै रोग, विवेकशील साझा पार्टी फुट्यो

मिश्रले बोलाए बैठक
   नयाँ दैनिक comment 0

पुस २७, पोखरा । नयाँ पार्टीमा पनि फुटको पुरानै रोग लागेको छ । रविन्द्र मिश्र र उज्वल थापाको संयुक्त नेतृत्वको विवेकशील साझा पार्टी विभाजन भएको छ । दुई संयोजक मध्येका उज्वल थापाले पार्टी फुटाएका हुन् । नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्तासमेत भइसकेको बताइएको छ । विवेकशीलमा रवीन्द्र मिश्र, मुमाराम खनाल र सूर्यराज आचार्यले एकलौटी रुपमा ५ जना केन्द्रीय सदस्य थप गरेको, सहमतिबीनै प्रदेश संयोजक थप गरेको र १२ वटा विभाग खारेज गरेपछि विवाद उत्पन्न भएको थियो ।

अर्का पार्टी संयोजक मिश्र पक्षले ३० पुसमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । मुमाराम र केशव दाहालले पार्टीमा बढी चलखेल गरेको उज्वल पक्षको आरोप छ । यि दुबै जना नेता नयाँ शक्ति पार्टी परित्याग गरी विवेकशीलमा प्रवेश गरेका थिए । ३७ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीका बहुमत सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगलाई बुझाएका छन् ।

प्रदेश ३ का तीनै जना प्रदेश सांसद्हरु शोभा शाक्य, विराजमान श्रेष्ठ र रमेश पौडेलले उज्वलको पक्षमा रहेका छन् । त्यस्तै, जसमा रञ्जु दर्शना लगायतका नेताहरु पनि उज्वलको पक्षमा रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *