नयाँ वर्षसँगै सेयर मार्केटमा हरियाली छाउने क्रम जारी

नेप्सेमा २३.३३को वृद्धि हुँदै परिसूचक १२१२.५मा पुग्यो
   नयाँ दैनिक comment 0

बैशाख ३, काठमाडौँ । नयाँवर्ष लागेसँगै सेयर बजारमा पनि वृद्धि हुने क्रम निरन्तर छ । हिजो सामान्य वृद्धि भएर बन्द भएको बजार आज २३.३३ले बढदै कारोबार रकममा पनि वृद्धि गर्न सफल भएको हो ।

मंगलवार कारोबार मापक नेप्से परिसूचक २३.३३ अंकले बढेर १ हजार १ सय १२ दशमलव ०५ अंकमा पुगेको छ भने ७४ करोड २७ लाख १८ हजार ७ सय ५१ रुपैँयाको कारोबार भएको हो । 

एनएमबि, एनआइसि एसिया तथा प्रभु बैंकले क्रमैसँग सबभन्दा बढि कारोबार गरेका छन भने श्री इन्भेष्टमेन्ट फाइनान्स तथा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले अन्य समूहका लगानीकर्ताको भन्दा बढि नाफा सुरक्षित गर्न सफल भएका छन् ।

आजको परिसूचकको वृद्धिसँगै लामो समयदेखि ११ सयको विन्दुमा रहेको सेयर मार्केट परिसूचक पनि १२ सय कटेर १२१२.५को विन्दुमा पुगेको छ। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *