‘नहाँसेको दिन बर्वाद गरेको दिन हो’ (प्रेरक भनाईसहित)

‘यो दुनियामा कुनै पनि चीज स्थायी छैन । हाम्रो दुःख पनि स्थायी होइन ।’
   एजेन्सी comment 0

विश्व चर्चित हाँस्य कलाकार चार्ली चाप्लिनको जीवनका सुरुवाती दिनहरु निकै कठिनापूर्ण थिए । उनले निकै संघर्ष र दुःख गरेर ठूलो सफलता प्राप्त गरे । आफूले जीवनमा जति कठिनाई झेले पनि उनले सबैलाई हँसाइरहे । उनै कलाकारका मर्मस्पर्शी यी भनाईले निकै ठूलो प्रेरणा दिन्छ । कतिपयले भनाईले जीवन नै बदल्दिन सक्छन् । चार्लीका चर्चित १० भनाई यी हुन् :

१. यो दुनियामा कुनै पनि चीज स्थायी छैन । हाम्रो दुःख पनि स्थायी होइन ।
२. यदि तपाईँले सधैँ तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यै पनि देख्न पाउनुहुने छैन ।
३. आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ । तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ ।
४. सही समयमा गलत काम गर्नु जीवनका कैयौँ विडम्बनामध्येको एक हो ।
५. केही पनि नगर्ने तर कल्पना मात्रै गर्नुको कुनै अर्थ छैन ।
६. मेरो दुःख कसैको हाँसोको कारक बन्न सक्छ । तर, मेरो हाँसो कहिल्यै पनि कसैको दुःखको कारक नबनोस् ।
७. यदि तपाईँ मुस्कुराउनुभयो थाहा पाउनुहुनेछ कि जीवन अझै पनि मूल्यवान छ ।
८. नहाँसीकन बिताएको दिन बवार्द गरेको दिन हो ।
९. ऐन मेरा सबैभन्दा असल साथी हो । किनकि म रुँदा कहिल्यै हाँस्दैन ऐना ।
१०. म सधैँ झरिमा घुम्न मन पराउँछु, ताकि कसैले पनि म रोएको नदेखोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *