नागरिकता नपाएको भन्दै प्रधानमन्त्रीविरुद्ध नारावाजी

   नयाँ दैनिक comment 0

चैत २६, काठमाडौँ । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय बिराटनगर पुगेका युवाहरुले  जन्मका आधारमा वंशजको नागरिकता नदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

बिराटनगरको महेन्द्रचोकमा जम्मा भएका युवाहरुले ‘केपी ओली मुर्दावाद’ भन्दै नारा लगाएका थिए । साथै ‘गृहमन्त्री राजिनामा दे’, भन्दै गृहमन्त्री रामबहादुर थापाकोविरुद्धमा पनि नाराबाजी भएको थियो ।

केहिदिन अघि गृहमन्त्रालयले एक परिपत्र जारी गर्दै जन्मका आधारमा नागरिकता पाएका नागरिकलाई वंशजका आधारमा नागरिकता प्रदान गर्नु भनेर ७७ ओटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो ।

गृहमन्त्रालयको उक्त पत्र कार्यान्वयन नगर्न भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले गृहको पत्र यथास्थितिमा राख्न र मुद्दाका पक्ष र विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *