नेकपाको एकता प्रक्रियालाई टुंग्याउने अन्तिम कसरत

   नयाँ दैनिक comment 0

साउन १ , काठमाडौँ । विगत दुई दिनदेखि चलेको लामो छलफलपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्याकेजमै एकीकरणका वाँकी काम टुंगो लगाउने गरी  छलफल अगाडि बढेको नेकपा श्रोतले बतायो । अध्यक्षहरुबीचमा भएको छलफलले एक निष्कर्ष निकाल्दै दल भित्रका विविन्न विभागको जिम्मेदारीलाई पनि बाँडफांड गरेको बताइएको  छ। उक्त सहमति अनुसार पूर्वएमाले समूहले ३२ मध्ये १८ र पूर्वमाओवादी समूहले १४ विभाग लिने समझदारी भएको छ श्रोतले बतायो । त्यसैगरी , ७७ जिल्लामध्ये पूर्वएमाले ६० र माओवादीले करिब ४० प्रतिशतमा इन्चार्ज लिने सहमति भएको उच्च स्रोतले जानकारी दिएको छ  ।जिल्ला इन्चार्ज र सहइन्चार्ज भने पूरानै मापदण्ड अनुसार बनाउने सहमति अनुसार पूर्व एमालेले ४४ र पूर्व माओवादीले ३३ जिल्ला पाउने भएको छ ।यद्दपि कसकसलाई विभाग तथा जिल्लाको नेतृत्व दिने भन्ने बारेमा भने छलफल जारी रहेको नेकपा स्रोतले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *