नेकपाको गण्डकी प्रदेशले ‘जनयुद्ध दिवस’ मनाउने

   नयाँ दैनिक comment 0

माघ २८, पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश कमिटिले जनयुद्ध दिवस मनाउने भएको छ । तत्कालीन माओवादी पार्टीले गणतन्त्रको माग गर्दै जनयुद्ध सुरुवात गरेको दिन फाल्गुण १ गतेलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो ।

माओवादी र एमालेबीच एकता भएपछि नेकपाले जनयुद्ध दिवस मनाउला कि नमनाउला ? भन्ने चासो भइरहेका बेला गण्डकी प्रदेश कमिटिको बैठकले मनाउने निर्णय गरेको हो । निर्णयबारे जानकारी दिँदै प्रदेशका नेता तथा सांसद रामजीप्रसाद बराल (जीवन)ले भने, ‘यो निर्णयले दुई पार्टीबीचको भावनात्मक एकतालाई अझै मजबुत बनाउँदै ऐतिहासिक उपलब्धिप्रति साझा अपनत्व गराएको छ ।’

जनयुद्धको २४ औँ वार्षिकोत्सव भव्य रुपमा मनाउनका लागि अधिकांस जिल्लामा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङ प्रमुख अतिथिका रुपमा पुग्ने भएका छन् । नेकपाको गण्डकी प्रदेशका इन्चार्ज तथा स्थायी कमिटिका सदस्य गुरुङ तत्कालीन एमालेका सचिव हुन् ।

नेकपा कास्कीले पोखराको शान्ति बनमा रहेको जिल्ला कमिटिको कार्यालयमा बिहान ८ बजे कार्यक्रमको आयोजना गरेको छ । सो स्थान तत्कालीन एमाले कास्की जिल्ला कमिटिको कार्यालय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *