नेकपासँग जनता आजित भैसके : विश्वप्रकाश शर्मा

   नयाँ दैनिक comment 0

माघ १५, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग जनता आजित भैसकेको आरोप लगाएका छन् । एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै युवा नेता शर्माले सरकारको काम देखेर नेकपासँग जनता आजित भएको दावी गरेका हुन् ।
शिक्षा विधेयक संसदबाट बहुमतले पारित भएपछि प्रमुख प्रतिपक्षी दल सरकारसँग आक्रमक बन्दै गएको छ । सो पार्टीले आगामी २१ गते देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ । अन्तर्वार्ताका क्रममा प्रश्नको उत्तर दिँदै शर्माले आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने पनि ठाकुवा गरे ।

निर्मला हत्याकाण्डको प्रसंग कोट्याउँदै शर्माले भने, ‘यो सरकारप्रति जनता आजित भैसकेका छन् । लेखेर राख्नुस् अर्को चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ ।’ आन्दोलनको औचित्य प्रष्ट्याउँदै शर्माले सरकारले गलत गरिरहँदा जिम्मेवार प्रतिपक्ष नबोली बस्न नमिल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *