नेकपा विप्लब समुहका प्रभावशाली नेता माइला लामा पक्राउ

   नयाँ दैनिक comment 0

साउन ५, काठमाडौं । नेकपा विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाले लामा पक्राउ परेको पुष्टि गर्यो । लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको अपराध ्माहाशाखाले जानकारी दिएको छ । काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *