नेतालाई सुझाव : ‘तुलसी’ चिन्नुस् !

‘गाडी, चन्दा, हेलिकप्टर चार्टर, प्लेन टिकट दिएकै भरमा कृतिम मान्छेहरुलाई संरक्षण गरिए देशले लामो समय क्षति भोग्नुपर्नेछ’
   नयाँ दैनिक comment 0

पुस १०, काठमाडौँ । सत्तारुढ दल नेकपाका युवा नेता नरेश रोकायले पार्टीका नेताहरुलाई तुलसी गिरीबाट पाठ सिक्न सुझाव दिएका छन् । तुलसी गिरीजस्तै छुचुन्द्रो प्रवृत्ति भएका व्यक्तिहरु बर्तमान सरकारका महत्वपूर्ण कामकारबाही प्रभाव पार्न सक्रिय रहेकोमा उनले चिन्ता समेत जाहेर गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बि.स. २०१० मा तुलसी गिरी काठमाडौँ प्रवेश गरे । साथमा थियो गाडी । विपि कोइरासँग ओहोरदोहोर गर्ने साधन थिएन । उनै तुलसी गिरीलाई लिएर हिँड्न थाले विपि । गाडीको सुविधा नियमित दिएकै आधारमा आफू सभापति रहेको पार्टीमा लटरपटर पारेर गिरीलाई एकाएक महामन्त्री बनाए । २०१५ को निर्वाचनपछि सरकारको परराष्ट्रमन्त्री पनि बनाए । जसको परिणाम तत्कालिन राजा महेन्द्रलाई विपिका सबै गोप्य योजना, रणनीति र कमजोरीहरु पु¥याएर प्रजातन्त्रको हत्या गर्दै निर्दलीय पञ्चायती व्यवस्था स्थापित गर्न प्रमुख भूमिका खेले उनै गाडी धनी तुलसी गिरीले । फलस्वरुप उनले पञ्चायती व्यवस्थामा राजाको हातबाट पटकपटक प्रधानमन्त्री पद पुरस्कार प्राप्त गरे ।’
उनले निस्कर्ष निकालेका छन्, ‘गाडी, चन्दा, हेलिकप्टर चार्टर, प्लेन टिकट दिएकै भरमा कृतिम मान्छेहरुलाई संरक्षण गरिए व्यक्तिलाई त फाइदा होला तर त्यसको क्षति देशले लामो समय भोग्नुपर्नेछ ।’
इतिहासको यो अत्यन्तै तितो नमिठो घटनाबाट गहन पाठ सिक्न उनले प्रधानमन्त्री केपी ओलीका सल्लाहकार र मन्त्रीहरुसँग सार्वजनिक रुपमा अनुरोध गरेका छन् । तुलसी गिरीजस्तै छुचुन्द्रो प्रवृत्ति भएका व्यक्ति (गाडी धनी)हरु कुदिरहेको सजिलै देख्न भोग्न पाइरहेको अवस्था घाम जस्तै छर्लङ्ग भएको भन्दै उनले घुमाउरो पारामा चेतावनी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *