नेता आचार्यको असन्तुष्टि : आफ्नो पार्टी लथालिङ्ग विप्लवमाथि प्रतिवन्ध ?

   नयाँ दैनिक comment 0

फाल्गुण २९, काठमाडौँ । सत्तारुढ नेकपाका युवा नेता रामदीप आचार्यले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथि प्रतिवन्ध लगाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेका आचार्यले आफ्नो पार्टी पहिले मिलाउने समेत उपरवाला नेतासँग आग्रह गरेका छन् ।

आचार्यले बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुक मार्फत चिन्ता व्यक्त गरेका छन्, ‘विगतमा अत्यन्तै लोकप्रिय कम्युनिष्ट आन्दोलनहरु पूँजीवादी र साम्राज्यवादी चंगुलमा फसेको र अन्तरविरोधलाई सही व्यवस्थापन गर्न नसक्दा जसरी धरासायी बने त्यो नियतीको नजिक त जाँदै छैनौँ ?’ आचार्यले आफूहरु अन्तिम कम्युनिस्ट बन्ने खतरा समेत औँल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *