नेता लेखनाथको प्रस्ताव : कि प्रधानमन्त्रीलाई जेल कोचौँ, कि लक्कीलाई !

‘घुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।’
   नयाँ दैनिक comment 0

पुस २५, काठमाडौँ । सत्तारुढ दलकै युवा नेता लेखनाथ न्यौपानेले कि प्रधानमन्त्री केपी ओली कि भर्खरै राजदूतमा बर्खास्त भएकी लक्की सेर्पालाई जेल कोच्ने प्रस्ताव गरेका छन् । उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रस्ताव गरेका हुन् । स्वच्छ छवि भएका प्रभावशाली नेताको यस्तो प्रस्तावले सामाजिक सञ्जालमा फेरि तरङ्ग ल्याएको छ । गत हप्ता मात्रै पनि उनले सरकार र नेताको १५ बुँदामा भण्डाफोर गरेका थिए ।
मानव कारोबारको आरोपमा अष्ट्रेलियाको राजदूतबाट बर्खास्त भएपछि लक्की सेर्पाले केपी ओलीलाई राजदूत हुन ३ करोड बुझाएको समाचार सार्वजनिक भइरहेका छन् । यसैलाई आधार मान्दै नेता न्यौपानेले घुस लिएको भए प्रधानमन्त्री ओलीलाई जेल कोच्नुपर्ने र फतुर बोलेको भए लक्कीलाई जेल हाल्नुपर्ने प्रस्ताव गरेका हुन् । घुस लिने र दिने दुवै अपराधी हुने उनको तर्क छ । विषय झूटो हो भने यस्तो समाचार नलेख्न पनि पत्रकारलाई चेतावनी दिएका छन् ।

यस्तो छ उनको स्ट्याटस् :

पहिलो, लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ । यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो । घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो । यदि घुस खाएर राजदुत बनाइएको सही हो भने ओलीलाई पनि जेल कोच्नु पर्यो, खुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।
दोस्रो, यदि लक्की शेर्पाले नभनेको बिषयलाई समाचार बनाएर समग्र राजनीति, पार्टी र पार्टीको तर्फबाट प्रम बनेको नेतालाई घुस जस्तो गम्भीर अपराधसँग जोड्ने र समाचारमार्फत् हद दर्जाको बदनाम गर्ने छुट पत्रकारलाई पनि हुँदैन । त्यसकारण यस्तो समाचार लेख्ने पत्रकारलाई तुरून्तै जेल कोच्नु पर्यो र त्यस्तो सञ्चार माध्यमलाई प्रतिबन्ध गर्नुपर्यो ।
नत्र त जसलाई जे मन लाग्यो त्यही गर्यो । परिणामः मुलुक नकारात्मक दिशातिर धकलिने स्थिति बन्ने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *