नेपालमा हुने भनिएको आइफा अवार्ड विवादित बन्दै

   नयाँ दैनिक comment 0

असार १७, काठमाडौँ ।  भारतको प्रतिष्ठित इण्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) नेपालमा आयोजना हुने चर्चा संगै विवादित पनि बन्न पुगेको छ। नेपाल भ्रमण वर्षलाई मध्यनजर राख्दै २०२० मा नेपालमा हुने भनिएको अवार्ड वितरणको विशेष समारोहलाई लिएर सर्वसाधारण देखि कलाकार तथा संसदीय समितिले समेत चासो व्यक्त गरेका छन्। संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिले यसलाई रोक्न निर्देशन समेत दिएको छ। यता संचार मन्त्री गोकुल बास्कोटाले तिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा नेपालमा अवार्ड समारोह गर्नका लागि स्थान, सुरक्षालगायतको विषयमा सरकारले सहयोग मात्र गर्न लागेको  दावी गरे। यस्ता कार्यक्रमले नेपालले आयोजना गर्न लागेको सन् २०२० को नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने मन्त्री बाँस्कोटाको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *