नेपालले छनोट हुन के गर्नु पर्छ ?

   नयाँ दैनिक comment 0

साउन ११, काठमाडौँ। सिंगापुरमा जारी आइसीसी टी-२० विश्वकप क्वालिफायर प्रतियोगीतामा पराजित भएपछि कतार र मलेसिया दुई टिम उपाधि प्राप्त गर्ने दौडबाट बाहिरिएका छन्। । आज भएको खेलमा कतार र मलेसिया दुवै देश पराजित भए । यो हारको नतिजाले नेपालको खेलको लागि स्पस्ट समीकरण दिएको छ । आज जितेका टोलीहरु सिंगापुर र कुवेतसँगै नेपाल पनि अब उपाधि होडमा छ। यसकारण आजको नजिता नेपालको लागि फाइदाजनक बन्यो।

नेपालले अब बाँकी रहेका दुई खेल जितेमा शीर्ष स्थानमा रहेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ भने दुईमध्ये एक खेल मात्र हारेमा पनि नेपालको यात्रा सकिनेछ। यस्तै सिंगापुरले अन्तिम खेलमा नेपाललाई पराजित गर्न सके विजेता बन्नेछ। कुवेतको हकमा भने कुवेतले नेपाललाई हराउनुपर्नेछ भने नेपालले पनि सिंगापुरलाई राम्रो रनरेटमा पराजित गर्नुपर्नेछ।सिंगापुर र नेपालको सम्भावना भने अलि बढी छ। सिंगापुर र कुवेत दुवैले अब नेपालसँग मात्र खेल्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *