नेपालले सिंगापुरलाई २१७ रनले पराजित गर्यो

   नयाँ दैनिक comment 0

चैत २९। काठमाडौँ । आइसिसि अण्डर १९ विश्वकप क्रिकेट छनोट अन्तरगत भएको छनोट खेलमा नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । रोहित पौडेलको कप्तानिमा रहेको नेपाली टोलीले सिंगापुरलाई हराएको हो ।

मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो । २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र जोड्न सक्यो । 

नेपालका तर्फबाट पवन सर्राफले ६ ओभरमा ५ ओभर मेडन राख्दै ५ रनमात्र खर्चेर ३ विकेट लिए । कुशल मल्ल र सूर्य तामाङले २/२ र रशिद खानले एक विकेट लिए । सिंगापुरका दुई खेलाडी रनआउट भएका थिए । 

नेपालले ठूलो स्कोर बनाउँदा कप्तान रोहितकुमार पौडेलले ९५ र पवन सर्राफले ४७ रनको योगदान गरेका थिए । कप्तान पौडेल ५ रनले सतक बनाउनबाट चुके। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *