‘नेपालीस्याट-१’ नामक नेपाली भू-उपग्रहको अन्तरिक्षमा प्रक्षेपण

   नयाँ दैनिक comment 0

बैशाख ५, काठमाडौँ । नेपाल सरकारले अन्तरिक्षमा आफ्नै भू-उपग्रह पठाएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट बिहिवार बिहान २ बजेर ३१ मिनेटमा ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

करीब एक किलोग्राम तौल भएको उक्त नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको हो ।

अन्तरिक्षको बाहिरि भागमा परिक्रमा गर्ने उपग्रहले नेपालको मौसम, हावापानी, तापक्रम आदिका सूचना तथा तस्विरहरु संकलन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *