नेपाली अन्डर-१९ क्रिकेट प्रतियोगीताको सेमिफाइनलमा

   नयाँ दैनिक comment 0

असार १८, काठमाडौँ। एसीसी अण्डर१९ पूर्वी क्षेत्र अन्तर्गत आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजीत गरेको छ। ५४ रन को सामान्य लक्ष्य पछ्याएको नेपालले ओभर भित्रै लक्ष्य पूरा गर्यो। नेपालको जीतमा पवन सर्राफले अविजीत ४६ रनको विस्फोटक पारि खेले। अर्का ओपनर रीत गौतम १० रनमा अविजीत रहे। यस अघि चीनलाई सस्तैमा समेट्न सागर ढकालले सर्वाधिक विकेट लिएका थिए। यो हार संगै चीन प्रतियोगीताबाट बाहिरिएको छ। 

एक खेल अगावै समूहबाट नेपाल सिंगापुर सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपाल सिंगापुरको खेल भने आगामी तारिखका दिन हुनेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *