नेपाली सेनाको जङ्गी अड्डा उद्घाटनमा निजी मिडियालाई प्रवेश निषेध !

   नयाँ दैनिक comment 0

बैशाख १०, काठमाडौँ । नेपालि सेनाको मुख्यालय जङ्गी अड्डाको आज सेनाका परामाधिपति तथा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट उद्घाटन हुने भएको छ । उक्त उद्घाटन कार्यक्रममा निजी मिडियालई प्रवेश निषेध गरिएको हो ।

राष्ट्रपति  विद्यादेवी भण्डारीले नवनिर्मित अत्याधुनिक प्रविधियुक्त नयाँ भवन जङ्गी अड्डाको सैनिक मुख्यालयमा आयोजना हुने विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम छ।

उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ। अलग/अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लो छ।

राष्ट्रपति कार्यालयका लागि हेलिकोप्टर  तथा गाडी खरिद, महाराजगञ्जस्थित नेपाल प्रहरी एकेडेमीलाई सारेर राष्ट्रपति कार्यालयको विस्तार लगायतका विषयमा राष्ट्रपति विवादित बनिरहँदा सेनाले उनी सहभागी कार्यक्रममा निजी सञ्चार माध्यमलाई रोक लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *