नेपाल आइडल रवि ओड मातृशोकमा

   नयाँ दैनिक comment 0

पुस ११,  काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड मातृ शोकमा परेका छन् । आज बिहान ७ बजे रविकी आमा विष्णा ओडको करेन्ट लागेर निधन भएको हो । विष्णा जम्मा ४५ वर्षकी हुन् ।

बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । स्रोतका अनुसार पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । उनै विष्णाले रविलाई हुर्काएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *