नेपाल बार एशोसियसनको ताजा मत परिणामः चण्डेश्वर श्रेष्ठ १ सय १६ मतले अगाडि

   नयाँ दैनिक comment 0

चैत २१, काठमाडौँ । नेपाल बार एशोसिसियसनको चैत १६ गते भएको चुनावको नतिजा अन्तिम चरणमा पुगेको छ । हालसम्मको ताजा परिणाम अनुसार वामपन्थी प्यानलबाट अध्यक्षका उमेद्वार चण्डेश्वर श्रेष्ठले ३६ सय ८८ मत प्राप्त गरेका छन् भने प्रजातान्त्रिक प्यानलका उमेद्वार सुनीलकुमार पोखरेलले ३५ सय ७२ मत प्राप्त गरेका छन् ।

चुनावी परिणामलाई हेर्दा दुवै पक्षको कडा टक्कर परेको देखिन्छ । बारको अध्यक्ष पदका लागि भएको मतदानमा चण्डेश्वर श्रेष्ठले सुनीलकुमार पोखरेललाई जम्मा १ सय १६ मत अन्तरले मात्र अग्रता कायम गरेका छन् ।

काठमाडौँ जिल्ला बारको २ सय ८९ र उच्च बारको ३ सय १० गरि ५ सय ९९ मत मात्र गणना हुन बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *