नेपाल समूह बिजेता बन्दा सिंगापुर २१७ रनले पराजित

   नयाँ दैनिक comment 0

असार २०,काठमाडौँ। एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगितामा नेपाल समूह “ए को विजेता हुँदै सेमिफनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समुह ‘ए’ को विजेताको रुपमा एसीसी अन्डर-१९ प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको हो  ।टस जितेर पहिले ब्याटिंग गरेको नेपालले मात्र ४ विकेटको क्षतिमा ३२६ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका ओपनर  रित गौतमले शतकीय इनिंग्स खेल्दै ११५ रन बनाए। उनी नटआउट रहे। खडगले बोहरा  ९० र पवन सर्राफले ४५ रन जोडे। साथै नेपालका कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै २३ बलमा नटआउट ५१ रन बनाए। नेपालले पहिले ब्याटिंग गर्दै दिएको ३२७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो।

सिंगापुरलाई सस्तोमा समेट्न  कुशल मल्लले ४ विकेट लिए भने तिलक राज भण्डारीले २  तथा सागर ढकाल र राशिद खान ले १/१ विकेट लिए। नेपालले सेमीफाइनल खेल समुह ‘बि’ को उपविजेतासंग  जुलाई ८ तारिकमा खेल्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *