नेप्सेमा धर्ना बस्ने पक्राऊ

   नयाँ दैनिक comment 0

चैत १२, काठमाडौँ । दवाब समूह बनाएर आन्दोलन गरिरहेका सेयर लगानीकर्ताहरुलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । सेयरबजार ओरालो लागेको भन्दै लगानीकर्ताहरुले काठमाडौँको भद्रकालीस्थित नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा आन्दोलन गरेका थिए ।

कार्यालय प्रवेशद्वारमा धर्ना बसिरहेको अवस्थामा लगानीकर्ता र प्रहरीबीच भनाभन समेत भएको थियो । शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको मौलिक अधिकारको प्रयोग गर्न नपाएको भन्दै आन्दोलनरत सेयर लगानीकर्ताहरुले प्रहरीको गाडीबाटै प्रहरी हस्तक्षेप र अर्थमन्त्री विरुद्ध नाराबाजी गरेका थिए ।

सेयर लगानीकर्ताहरुले पूँजीबजार सुधार र विस्तारका लागी भन्दै ३२ बुँदे माग राखी आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *