नेप्सेले हरियो हुँदै नयाँ वर्षलाई गर्‍यो स्वागत

   नयाँ दैनिक comment 0

वैशाख २, काठमाडौँ । वर्षको पहिलो दिनको कारोबारमा आज सोमवार नेपाल स्टक एक्स्चेन्जमा सामान्य वृद्धि भएको छ । २०७५ को अन्तिम कारोबारमा घटेर बन्द भएको नेप्से सूचक आज भने ११८८.७१को विन्दुमा पुगेको हो ।

बाणिज्य बैंक समूह, विकास बैंक समूह, निर्जीवन विमा समूह, लघुवित्त, होटल र अन्य समूहका परिसूचकमा वृद्धि भएको छ भने जीवन विमा, फाइनान्स तथा हाइड्रोपावर समूहमा गिरावट आएको छ । 

एभ्रेष्ट इन्सुरेन्स तथा सानाकिसान विकास बैंकका लगानीकर्ताले बढि नाफा सुरक्षित गर्दा नेपाल क्रेडिट एण्ड कमर्स बैंक तथा नाडेप लघुवित्तका लगानीकर्ताले आज अरुको तुलनामा बढि गुमाउनु परेको छ ।

३० करोड ४५लाख ७६हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको बजारमा नेको इन्सुरेन्सले सबैभन्दा बढि २ करोड ७५ लाख ५० हजार २ सय १ रुपैयाँको कारोबार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *