नेविसंघको काम गलत र निन्दनीय छ : गगन थापा

   नयाँ दैनिक comment 0

माघ २०, काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारी गाडी जलाउनु निन्दनिय काम भएको सोही पार्टीका युवा नेता गगन थापाले बताएका छन् । नेविसंघका पूर्व नेतासमेत रहेका सांसद थापाले यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि आग्रह गरेका छन् ।

सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आएको छ । सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरकोे सरकारी गाडीमा आगजनी गरेका थिए ।

जनताबाट लिएको करबाट जोडिएका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको भन्दै सामाजिक सन्जालमा पनि नेविसंघको आलोचना भइरहेका बेला आज आइतबार नेता थापाले ट्वीट गरेका छन्, ‘त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *