नेविसंघको तालाबन्दीले त्रिविको पठनपाठन प्रभावित

   नयाँ दैनिक comment 0

जेठ २२, काठमाडौँ । नेपाल विद्यार्थी संघको तालावन्दीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको पठनपाठन प्रभावित भएको छ । समाजशास्त्र केन्द्रीय विभागमा तीन हप्तादेखि नेविसंघले तालाबन्दी गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै नेविसंघले आंशिक प्राध्यापक नियुक्तिको विषयलाई लिएर अनिश्चितकालीन तालाबन्दी गरेको जनाएको छ । सम्झना क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘त्रिभुवन विश्वविद्यालयजस्तो गरिमा बोकेको मर्यादित संस्थाको समाजशास्त्र केन्द्रिय विभागमा देखिएको आंशिक प्राध्यापक नियुक्तिको विषय खेदजनक छ ।’

त्रिवि सेवा आयोगले १० जना उपप्राध्यापकको लागि विज्ञापन गरिसकेको र विभागमा कार्यरत प्राध्यापकहरुलाई नै पाठ्यभार नपुगिरहेको अवस्थामा मनोमानी ढङ्गबाट ११ जना आंशिक प्राध्यापक नियुक्त गरी गम्भीर लापरवाही गरिएको नेविसंघको दावी छ । विधि र प्रक्रियाको अवज्ञा गर्दै शैक्षिक माफियाको चंगुलमा परेर नियुक्ति गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो नियुक्ति खारेज नहुँदासम्म तालाबन्दीलगायतका अन्य आन्दोलनका कार्यहरु जारी राख्ने समेत नेविसंघले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *