नेविसंघले दियो देउवा निवासमा धर्ना

   नयाँ दैनिक comment 0

माघ ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् । म्याद थपिएको विरोधमा उनीहरुले पार्टी मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेर धर्ना दिएका हुन् । उनीहरुले नेबिसंघ जिन्दावाद भन्दै नारा लगाएका थिए । माइक्रो बससमेत रिजर्भ गरेर बुढानिलकण्ठ पुगेका उनीहरुले देउवा निवास अगाडि धर्ना दिएका छन् । दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवासमा सुरक्षा व्यवस्था बढाइएको छ ।

नेविसंघको विधानअनुसार बुधबार राति १२ बजेपछि म्याद सकिए पनि कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ । पटकपटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरु विरोधमा छन् ।
पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन भएन । वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविसंघको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *