नेविसंघले महानगरको गाडी जलायो

   नयाँ दैनिक comment 0

माघ १९, पोखरा । नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको गाडी जलाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट सो विद्यार्थी संगठनले मासबारमा रहेको घरेलु कार्यालय नजिक बा१झ ५८७९ नम्बरको गाडी जलाएको हो । देशैभर सरकारी गाडी रोक्ने कार्यक्रम अन्तर्गत शनिबारको दिन विहानै चलाईएको सरकारी गाडी जलाइएको बुझिएको छ । स्रोतका अनुसार नेपाल विद्यार्थी संघले सरकारी गाडीमा निरन्तर निगरानी राखेका छन् ।

पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन गाडी मासबास पुगेको थियो । गाडीमा सवार यात्रुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । प्रत्यक्षदर्शीका अनुसार दमकलले आगो निभाए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा रहेको र आगो लगाउने विद्यार्थीहरु मोटरसाइकल चढेर भागेका थिए ।

काठमाडौँमा पनि नेविसंघका कार्यकर्ताले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने, पुत्ला जलाउने, सरकारी गाडी रोकेर ‘नेविसंघ जिन्दावाद, माफिया सरकार मुर्दावाद !’ लेख्ने लगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *