पञ्चेबाजा बजाएर प्रचण्डले फेरि गरे बिहे

   नयाँ दैनिक comment 0

बैशाख २६, काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैवाहिक सहकार्यको ५० वर्ष पुगेको अवसरमा श्रीमति सीतासँग फेरि बिहे गरेका छन् । श्रीमति सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले पञ्चेबाजा बजाएरै बिहे गरेका हुन् ।

सहकार्यको ५० औं वर्ष नाम दिइएको कार्यक्रममा प्रचण्ड र सीता दुलाह दुहली झैं सजिएका थिए । तर, शारीरिक रुपमा सीता निकै अशक्त देखिएकी थिइन् । उनीहरुले विवाहमा झैं एकअर्कालाई माला लगाइदिएका थिए ।

प्रचण्ड निवास खुमलाटारमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द वहादुर पुन, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, मन्त्रीहरु, सांसद, नेकपाका नेताहरु सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *