पद खोज्दै हिँडेको छैन : जनार्दन शर्मा

   नयाँ दैनिक comment 0

फाल्गुण १३, काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले आफू पद खोज्दै नहिँडेको प्रष्ट पारेका छन् । पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत संघीयता कार्यान्यनको एजेण्डा बाहेक आफ्नो अन्य पदमा रहन कुनै योजना नरहेको प्रष्ट पारेका हुन् ।

केही सञ्चारमाध्यमले शर्मा फेरि गृहमन्त्री बन्न लागेको आशयसहितको समाचार प्रकाशित गरेपछि शर्माले आफू पद खोज्दै नहिँडेको र योजना पनि नबनाएको स्पष्टिकरण दिएका हुन् ।

सोमबार फेसबुकमा उनले स्ट्याटस लेखेका छन्, ‘संघीयता कार्यान्वयनको एजेण्डाप्रति सचेततापूर्वक लागेको कुरा बाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *