पर्यटनका लागि पोखरामा ‘टिडिसी’ हुने

   नयाँ दैनिक comment 0

चैत १९, पोखरा । पर्यटनका लागि पोखरामा टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) हुने भएको छ । पर्यटन व्यवसायमा सकारात्मक तथा प्रगतिशील परिवर्तनको लागि उर्जा ल्याब कम्पनिले टिडिसीको आयोजना गरेको हो । ‘भिजिट नेपाल २०२०’ लाई सफल पार्ने उद्धेश्य समेत लिएर कार्यक्रमको आयोजना गरिएको उर्जा ल्यावले जनाएको छ ।

आयोजकका अनुसार सो कार्यक्रम चैत्र २१ देखि २३ गतेसम्म लेकसाइडस्थित होटल स्नोल्याण्डमा हुनेछ । कार्यक्रममा ‘पर्यटन व्यवसायमा उर्जाशील युवा जनशक्तिको ध्यानाकर्षण, चुनौती, पहिचान र समाधान’बारे अन्तक्र्रिया समेत हुने उर्जा ल्याबका कार्यकारी निर्देशक विवेक सापकोटाले बताए ।

सापकोटाले भने, ‘कार्यक्रम ३ दिनसम्म चल्छ । कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सम्यन्त्रहरुको बारेमा प्रतियोगिता गर्छौँ । कार्यक्रमको अन्तिम दिन अर्थात चैत्र २३ मा पोखराको अहिलेसम्मैकै ठूलो उद्यम बजार, जहाँ पोखरालगायत देशभरका आधुनिक तथा नयाँ उद्यमहरुको स्टल राख्ने हाम्रो तयारी छ ।’

सो कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्यूचर टेक, हम्सा वेयर्स, डब्लुपी ट्राभल, लक्ष्मी बैंक, सिएफ मोटो, एनवाइइएफ पोखरा, नेपाल ट्रिबुन मिडिया, परिचय नेटवर्क, सिओटिएस पश्मिाञ्चल क्याम्पस, डाटसन, कट्स–डब्लु.आर.सी., होटल बाराही, होटल हिमालयन भ्याकेसन, ब्याञ्जन पोखरा र हिमालयन जाभा पोखरा लगायतका संस्थाहरुको साथ रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *