पर्वतको दुर्घटनामा ७ को मृत्यु, ३१ घाइतको उपचार हुँदै

   नयाँ दैनिक comment 0

माघ ३, पर्वत । आज बिहान पर्वतमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ३१ जना घाइते भएका छन् । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस बिहीबार बिहान पर्वतको कुश्मा नगरपालिका–१, मालढुङ्गामा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, बागलुङले ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन ।

गम्भीर घाइते दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *