पहिरोमा पुरिएर गुल्मीमा १० जनाको मृत्यु

   नयाँ दैनिक comment 0

साउन ७, काठमाडौँ । गुल्मीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै २ जना बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको जनाइएको छ ।
सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । वडानम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उद्दारको काम जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *