पाइपलाइन मार्फत नेपाल आइपुग्यो पेट्रोलियम पदार्थ

   नयाँ दैनिक comment 0

साउन ३, काठमाडौँ । नेपालको गौरबको आयोजनाको रुपमा हेरिएको मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनको अन्तिम परीक्षणको काम सुरु भएको छ । नेपाल आयल निगमका अनुसार पटनाबाट पाइपमार्फत पठाइएको पानी र डिजेल बिहिबार रातीनै अमलेखगन्ज आइपुग्ने भनिएपनि ढिला गरेर शुक्रबार विहान मात्र आइपुगेको छ ।नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आउने क्रम जारी रहेको छ। आयल निगम स्रोतका अनुसार अहिले तेल भण्डारण गरिदै छ, शुक्रबारनै तेलको परिक्षण गर्ने कार्यक्रम रहेकाले पाइपबाट तेल आउने बित्तिकै परिक्षणको कार्य अगाडि बढाइने छ।यो परीक्षण सफल भएपछि उद्घाटनका लागि तयार हुने अमलेखगन्ज डिपोले जनाएको छ ।पाइप लाइन सञ्चालनमा आएपछि हाल नेपालले इन्धन ढुवानीमा खर्च गर्दै आएको जोगिने र वीरगन्जस्थित सीमामा लाग्ने सवारी साधनको जाम पनि कम हुने आशा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *