पानी जहाजको कार्यालय खुल्ने, फागुणबाट रेल चल्ने

   नयाँ दैनिक comment 0

माघ ३, काठमाडौं । अब कागजको होइन, साँच्चिकैको पानीजहाजको लागि कार्यालय खुलेको छ । सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी सहित पानी जहाज कार्यालयले काम थाल्ने जानकारी दिए । उनले अब कागजको पानी जहाज होइन साँच्चै पानी जहाज चलाउन कार्यालय स्थापना भएको दावी गरे । बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिए ।
सरकारले जनकपुर–जयनगर रेल सेवा फागुनदेखि नियमित सञ्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गरी तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *