पारश शाहलाई हृदयघात, आइसीयुमा उपचार जारी

   नयाँ दैनिक comment 0

माघ १४, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहलाई हृदयघात भएको छ । उनी नर्भिक अस्पतालको आईसीयूमा राखेर उनको उपचार जारी रहेको छ । छातिमा समस्या आएपछि पारसलाई दिउँसो साढे चार बजे नर्भिक ल्याइएको थियो । उनको उपचारमा डा। यादवदेव भट्टसहितको टिम उनको सक्रिय छन् । शाहको कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्व खोल्ने प्रयास भइरहेको अस्पताल स्रोतले बताएको छ ।

पारसलाई मुटुको पुरानो समस्या छ । यसअघि उनी दुईपटक हृदयघातको शिकार भएका थिए । आज बिहान उनी ललिपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा दर्शन गर्न पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *