पारस खड्काको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली घोषणा

   नयाँ दैनिक comment 0

असार १५, काठमाडौँ।   टि-२० विश्वकप छनोटका लागि नया राष्ट्रिय क्रिकेट टोलीको  घोषणा गरिएको छ। विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रिय छनोटका लागि राष्ट्रिय टिमको घोषणा भएको हो। आइतबार घोषणा भएको राष्ट्रिय टिममा पारस खड्काको कप्तानीमा १४ सदस्य रहने छन्।  यस अघि राष्ट्रिय टिममा रहेका आरिफ शेख, भिम सार्की तथा सन्दिप जोर यसपाली टिममा पर्न सकेनन्।सिंगापुरमा जुलाइको अन्तिम साता हुने छनोट प्रतियोगितामा ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। सिंगापुरमा हुने क्वालिफायरमा नेपालले  घरेलु टोली सिंगापुर, कतार, कुवेत, तथा मलेसियासंग प्रतिस्पर्धा गर्नुपर्नेछ। राउण्ड रोबिनकोको आधारमा हुने खेलमा   शीर्ष स्थानमा  रहने एक टिम युएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ। यसै बीच नेपालले छनोट खेल खेल्नु अघि मलेसियासंग जुलाई १३ र १४ तारिखमा दुइ टि-२० म्याच खेल्नेछ।

आज घोषणा भएको राष्ट्रिय टोलीमा समावेश खलाडीहरुको नाम यसप्रकार रहेको छ:

पारस खड्का (कप्तान) ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषावकर,  बसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी,करण केसी, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, अभिनाश बोहोरा र प्रदिप ऐरी।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *