पार्टीका असन्तुष्टलाई देउवाको चुनौती : ‘विशेष महाधिवेशन बोलाएर देखाउनू !’

   नयाँ दैनिक comment 0

चैत २१, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् । नेपाल टेलिकम वर्कर्स यूनियनको १० औं महाधिवेशन उद्घाटनका लागि बिहीबार विराटनगर पुगेका देउवाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाउन सफल भए आफूले त्यसको सामना गर्ने बताए । पार्टीका असन्तुष्ट २०, २५ जनाले विशेष महाधिवेशन बोलाएर नहुने भन्दै उनले हुन्छ भने बोलाउन चुनौती दिए । पार्टीको महाधिवेशन आइरहेकोले मात्रै आफ्नो विरोध बढेको उनको भनाई छ ।

कांग्रेसका बहुमत जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधिको प्रावधान हटाउने र आरक्षणको सुविधा दोहोर्‍याउन नपाउने व्यवस्था विधानमा राख्नुपर्ने माग सम्बोधन नभए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर थाल्ने जनाएका छन् । पार्टी विधानअनुसार एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे नेतृत्वले विशेष महाधिवेशन बोलाउनुपर्छ । विशेष महाधिवेशन बारे छलफल गर्न जिल्ला सभापतिहरूले काठमाडौंको ठमेलमा बुधबारदेखि भेला बोलाएका छन् ।

सोही सन्दर्भमा देउवाले सरकारले एकलौटी ढंगले मनोमानी र नराम्रा काम गरिरहेको समेत आरोप लगाए । न्यायपालिकामा राजनीतिक हस्तक्षेप कांग्रेसलाई स्विकार्य नहुने देउवाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *