पार्टीको परामर्शमा मन्त्रीमण्डल हेरफेर हुन सक्छ : मन्त्री पुन

   नयाँ दैनिक comment 0

चैत ३, काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले पार्टीसँगको परामर्शमा मन्त्रीमण्डल हेरफेर हुन सक्ने बताएका छन् । आज आइतबार आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पुनले यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्रीले आफ्नो टिम फेर्न सक्ने भन्दै त्यसलाई आफूले महत्व नदिएको पनि उनको भनाई छ ।

मन्त्रीहरुको कार्य विभाजनमा हेरफेर गर्ने विषय सामान्य भएको बताउँदै पुन मन्त्रालयको जिम्मामा रहुञ्जेल देश र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्ने बताए ।

सिञ्चाईतर्फ २ हजार ३ सय कर्मचारी मध्ये एक हजार ६ सय भन्दा बढी कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको एक वर्षे प्रगति विवरणमा उल्लेख गरिएको छ । आफ्नो मन्त्रालयले सबैभन्दा बढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरेको दावी समेत मन्त्री पुनले गरे । सिचाईंतर्फ २८ प्रतिशत मात्रै कर्मचारी संघ मातहत राखेर अन्यलाई संघीयताको भावना अनुसार प्रदेश र स्थानीय तहमा परिचालन गरिएको बताइएको छ ।

मन्त्री पुनले ९ सय ८२ मेगावाट जलविद्युत आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको बताउँदै ३ वर्ष भित्र सम्पन्न हुने गरी नदी बेसिन योजना तथा जलविद्युत विकास गुरुयोजना तर्जुमा गर्ने कामलाई पनि अघि बढाइएको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *