पार्टीलाई प्रतिवन्ध लगाएपछि विप्लवसहित सबै नेता भूमिगत

   नयाँ दैनिक comment 0

फाल्गुण २९, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई सरकारले प्रतिवन्ध लगाएपछि विप्लवसहित सबै नेताहरु भूमिगत भएका छन् । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिवन्ध लगाएको थियो ।

वार्तामा बोलाउँदासमेत नआएपछि सरकारले प्रतिबन्ध लगाउनु परेको बैठकमा प्रधानमन्त्री केपी ओलीले बताएका थिए । स्रोतका अनुसार सरकारले विप्लव नेतृत्वका नेता/कार्यकर्तालाई जहाँ देख्यो उहीँ पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ । विप्लवप्रति आक्रामक ओलीले केही महिनाअघि मार काट गर्ने मन भए राजनीति छोडेर मासु पसल खोल्न समेत विप्लवलाई सुझाव दिएका थिए ।

सरकारले प्रतिवन्ध लगाएपछि विप्लवसहित सबै नेताहरु भूमिगत हुन वाध्य भएका हुन् । जनयुद्धबाट आएको एउटा हिस्सा लिएर निरन्तर राज्यविरुद्ध संघर्षमा उभिएका नेताहरु पुन: भूमिगत भएपछि देशमा द्वन्द्व चर्किने संकेत देखिएको छ । पार्टीमाथि प्रतिवन्ध लगाउन नहुने धारणा सामाजिक सञ्जालमा व्यक्त भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *