पार्टी एकतापछि अघि बढ्नुको विकल्प छैन: प्रचण्ड

   नयाँ दैनिक comment 0

साउन ३२, काठमाडौँ ।  आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्ड भने, ”पार्टी एकता नभएको भए विकल्प रहन्थ्यो होला तर अब यसको विकल्प खोज्ने भन्दा यसलाई सफलताको दिशा तर्फ बढाउनु नै कम्युनिष्ट आन्दोलनको अपरिहार्यता हो”। शनिबार काठमाडौंमा राष्ट्रिय चिकित्सक संघ नेपालले आयोजना गरेको  कार्यक्रममा उनले भने, ‘कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ।’ दाहालले कतिपय विषय चित्त नबुझे पनि पार्टी एकतालाई बलियो बनाउनका लागि निर्णय गरिएको बताए।  लामो छलफलपछि नेकपाको सचिवालय बैंठकले शुक्रबार  महत्वपूर्ण कुरामा निर्णय लिएको बताउँदै भने, यसले पार्टी एकतालाई बलियो बनाएको छ।’

प्रचण्डले  वर्तमान नेपाल निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा रहेको समेत बताएका छन्। चुनावका बेला गरिएका प्रतिवद्धता, घोषणा र सरकारको तर्फबाट गरिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने पनि चुनौती रहेको उनले प्रष्ट पारे। 

‘जनतामा हामीले निकै ठूलो अपेक्षा त जगाई दियौं, जनताले हामीलाई भरोसा र विश्वास पनि गर्यो र राज्य सञ्चालनको जिम्मेवारीमा राखेको छ,’ उनले भने।  नेकपाको सचिवालय बैठकले लामो छलफलपछि महत्वपूर्ण निर्णय लिएको बताउँदै प्रचण्डले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको पष्ट पारे।यो समाचार अन्नपुर्ण मा लेखिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *