पूँजी बजारमा आकर्षक बृद्धि

कारोबार रकम पनि बढ्यो
   नयाँ दैनिक comment 0

चैत २४,  काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा साताको पहिलो दिन आइतबार १.४७को बृद्धि भएको छ । आज नेप्से सूचक ११८२.३६को बिन्दुमा पुगेको हो भने एनआइसि एसिया बैंकले सबैभन्दा धेरै कारोबार गर्दै उक्त बैंकका सेयर होल्डरले धेरै नाफा कमाउन पनि सफल भएका छन् ।

केहि समयदेखि निरन्तर ओरालो लागेको बजार अब भने सुधारको दिशामा अगाडि बढेको देखिन्छ । चैतबाट बैंकिङ्ग सेक्टरले  राम्रो सुधार गरिरहेको पूँजीबजारका बिश्लेषकहरुले बताइ रहेका बेला आज पनि बैंकिङ्ग क्षेत्रमा २.७५%को बृद्धि भएको छ ।

आज नेप्सेमा १७ लाख ७९ हजार ७ सय कित्ता सेयर खरिद बिक्रि भएको छ भने ४२ करोड ४३ लाख ९२ हाजर ६ सय ६३ रुपैयाँको कारोबार भएको हो ।

कमर्सियल बैंक, विकास बैंक, होटल, जीवन बिमा आदि कम्पनीका सूचकहरु हरियो भएको छ । हाइड्रो पाओर, म्यानुफ्याक्चर,  निर्जीवन बिमा कम्पनी तथा लघुबित्तका सूचक रातो हुँदा  भने लगानीकर्ताले नाफा गुमाएका छन् ।

नयाँवर्ष लागेसँगै सूचिकृत कम्पनिहरुको त्रैमासिक प्रतिवेदन सार्वजनिक हुने छ । साथै सरकारी ढुकुटीको पैसा पनि बजारमा आउने छ । यसले सेयर बजारलाई सकारातमक संदेश दिने र बैंकमा रहेको तरलता अन्त्य हुदै जाँदा ब्याजदर कम हुनेक्रममा सेयर बजारलाई फाइदा हुने आंकलनले सेयर बजारमा सुधार हुने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *