चैत ७, काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको ‘परिवर्तनका स्वरहरु–२’ छिट्टै बजारमा आउने भएको छ । राजनीतिसँगै गीत रचनामा समेत सक्रिय खनालले आगामी ९ गते शनिबार सो गीतको लोकार्पण गरेर बजारमा ल्याउन लागेका हुन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको ठूलो हलमा दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट खनालको गीत लोकार्पण हुने छ । नेकपाका वरिष्ठ नेता समेत रहेका खनालको सो कार्यक्रमको आयोजना जनसांस्कृतिक महासंघ, नेपालले गरेको हो ।
आयोजकले तयार पारेको निमन्त्रणमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई प्रमुख र अर्का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ लाई विशेष अतिथि भनिए पनि प्रचण्ड भने सहभागी हुने छैनन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारार्थ अमेरिका छन् । लोकार्पण कार्यक्रममा सहभागीताका लागि महासंघले सबैलाई अपिल समेत गरेको छ ।