पूर्वराजा ज्ञानेन्द्र जनकपुरमा पुगेपछि घन्कियो नारा– ‘राजा ल्याउ, देश बचाऊ !’

   नयाँ दैनिक comment 0

फाल्गुण २९, काठमाडौँ । पूर्वराज ज्ञानेन्द्र शाह पुगेपछि जनकपुरमा ‘राजा आउ, देश बचाऊ’को नारा घन्किएको छ । विखण्डनकारी सिके राउतसँग सरकारको सहमति सेलाउन नपाउँदै मधेशमा पूर्वराजाको पक्षमा माहोल देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

‘राजा आउ, देश बचाऊ’सँगै ज्ञानेन्द्रको स्वागतमा सहभागीले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका छन् । देशका विभिन्न ठाउँमा भ्रमणमा निस्किएका पूर्वराजा शाह जनकपुर पुग्दा उपस्थिति खचाखच थियो । ज्ञानेन्द्रले राजा हुँदाझैँ नै मुस्कुराउँदै सहभागीले दिएका स्वागतका माला स्वीकारेका थिए । पूर्वराजा ज्ञानेन्द्र मधेशको मनोविज्ञान बुझ्न मधेश भ्रमणमा गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *