पूर्वराजा ज्ञानेन्द्र शाह दमौलीमा, हेर्नेको भिड

   नयाँ दैनिक comment 0

पुस १८, दमौली । पूर्वराजा ज्ञानेन्द्र शाह आज दमौली आएका छन् । पोखराको केही दिनको बसाईँपछि उनी आज दिउँसो दमौली आएका हुन् । दमौलीमा उनलाई भेट्न आउनेको भिड लागेको थियो । उनले सर्वसाधारणलाई भेटेर सम्मान ग्रहण गरेका थिए ।
पछिल्लो समय भ्रमणका नाममा शाह देशका विभिन्न ठाउँमा पुगेका छन् । उनी बेलाबेला विदेश पनि पुग्ने गर्दछन् । छोराका कारण पारिवारीक तनाबमा परिरहेका शाहले यतिबेला पारिवारीक सम्बन्ध पनि सुधारेको बुझिएको छ । केही दिन अघि मात्रै उनी छोरा पारसको जन्मदिनमा नाचेका तस्विर सार्वजनिक भएका थिए ।
केही दिन अघि पोखरा पुग्दा पनि उनलाई हेर्न र स्वागत गर्न आउनेको भिड नै थियो । कतिपयले त यसलाई राजा फर्कने संकेत समेत भन्न भ्याए । जनतामा दलप्रतिको बढ्दो अविश्वास र पूर्वराजाको देश दौडाहले राजनीतिक वृतमा आशंका भने जन्माउन थालेको छ । स्रोतका अनुसार शाह भेटघाटका लागि चितवन लगायतका विभिन्न जिल्लामा जाँदैछन् । दमौलीमा सम्मान ग्रहण गरेर उनी केही बेरमै काठमाडौँ प्रस्थान गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *