पूर्वविद्यार्थी नेताको आवासीय बैठक, को–को भए सहभागी ?

   नयाँ दैनिक comment 0

माघ १५, काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले पूर्वविद्यार्थी नेताको आवासिय परामर्श बैठक तथा सम्मान कार्यक्रम गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेका विद्यार्थी संगठनका तत्कालिन अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय नेताहरुको दुई दिने आवाशीय बैठक गर्दै परिषद्ले उनीहरुको भूमिकाको कदर गरेको हो ।

०५० को दशकदेखि हालसम्म विद्यार्थी संगठनको नेतृत्व गरेका करिब ५० जना अध्यक्षसहित ६४ नेताहरुलाई आमन्त्रण गरिए पनि पछिल्लो राजनीति घटनाका कारण नेविसंघका नेताहरु भने कार्यक्रममा सहभागी नभएको आयोजकले बताएको छ । कार्यक्रममा सत्तारुढ नेकपा, राजपा, संघीय समाजबादी पार्टी नेपाल , मसाल, नेकपा माले, नयाँ शक्ति पार्टी निकट ३५ जना पूर्वअध्यक्षहरु सहभागी थिए ।

कार्यक्रमका प्रमुख अतिथी एवं युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले पूर्वविद्यार्थी नेताहरुलाइ कदर–पत्र प्रदान गर्दै उनीहरुको अतुलनीय योगदानको प्रशंसा गरेका थिए । मुलुकको रुपान्तरणका लागि विशिष्ट भूमिका खेलेका नेतालाई सम्मान गर्न पाउँदा एकदमै अति खुसी लागेको समेत मन्त्री विकले बताए । उनले महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेललाई धन्यवाद समेत ज्ञापन गरे । ढुङ्गेल पनि अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् ।

सो बैठकमा नेताहरु ठाकुर गैह्रे, लेखनाथ न्यौपाने, देवेन्द्र पराजुली, रामदीप आचार्य, युवराज चौलागाईं, पदम जोशी, हिमाल शर्मा, रमेश मल्ल, नबिना लामा, सुरेश मण्डल, मनिश मिश्र, अशोक यादव, अनिल किशोर घिमिरे, भास्कर काफ्ले, डाचाराज वाग्ले, ओम अर्याल, सन्तोश मेहता, हिरन्य जोशी, रत्न ढकाल, जगन्नाथ खतिवडा, सरोज यादव, लक्ष्मण लम्साल, रुपनारायण श्रेष्ठलगायत सहभागी रहेको बताइएको छ ।

बैठकमा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रसहित कार्यक्रमको आवश्यकता र औचित्यबारे पनि प्रष्ट्याउँदै ढुङ्गेलले आफ्ना धारणा राखेका थिए । डा. प्रकाश भट्टराईले नेपाल मा युवाहरुको धारणा राखेको बताइएको छ । सो कार्यक्रमको सहजीकरण नेकपा युवा नेता तथा पूर्व विद्यार्थी नेता पदम जोशीले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *