पेरूका पूर्वराष्ट्रपतिले गोली हानि आत्महत्या गरे

   नयाँ दैनिक comment 0

बैशाख ५, काठमाडौँ । पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले आत्महत्या गरेका छन् । भ्रष्टचारको अभियोग लागेका गार्सियालाई पक्राउ गर्न भनेर प्रहरी उनको निवासमा पुग्दा उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गार्सियामाथि ब्राजिलको एक निर्माण कम्पनीबाट घूस लिएको आरोप लागेको थियो । उक्त आरोपलाई उनले नकार्दै आएका थिए। आरोपपछि प्रहरी अधिकारीहरू उनलाई पक्राउ गर्न घर पुगेका बेला उनले आत्महत्या गरेका हुन् ।

पक्राउका लागि प्रहरी उनको निवासमा पुग्दा गोली चलेको आवाज आएको थियो । तत्कालै प्रहरीले ढोका फोडेर हेर्दा गार्सिया कुर्सीमा थिए । उनले टाउकोमा गोली हानी आत्महत्या गरेका हुन्।

गार्सिया सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म गरी दुई कार्यकाल पेरूका राष्ट्रपति थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *