पोखरामा ईश्वर पोखरेलले भने, ‘विचारको वहस महाधिवेशनमा हुन्छ’

   नयाँ दैनिक comment 0

पुस २१, पोखरा । सत्तारुढ दल नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचारबारे महाधिवेशनमै वहस हुने बताएका छन् । आज पोखरामा कार्यकर्तालाई प्रशिक्षण दिँदै पोखरेलले पार्टी एकता भए पनि विचारबारेको काम बाँकी नै रहेको र महाधिवेशनमै टुङ्गोमा पुग्ने बताएका हुन् । गत हप्ता मात्रै स्थायी समितिको बैठकमा अध्यक्ष केपी ओलीले जनवाद र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको पक्षमा धारणा राखेका थिए ।
उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेलले वाइडबडीबारे प्रतिपक्षप्रति आशंका रहेको समेत खुलाए । उनले भने, ‘लेखा समिति अन्तर्गत बनाइएको उपसमितिले जारी गरेको फैसलालाई फूल समितिले जारी गरेजस्तो प्रचार गरियो ।’ प्रतिवेदनलाई बदनियतपूर्ण छैन भन्न नसकिने उनको भनाई थियो ।
पछि पत्रकार सम्मेलनमा उनले कम्युनिस्ट पार्टीको सरकारलाई बदनाम बनाउने उद्देश्यले लेखा समितिको प्रतिवेदन आएको भए प्रतिवाद गर्ने पनि बताए । कम्युनिस्ट सरकारले देशमा ‘सिस्टम’ नै परिवर्तन गर्न लागेको समेत उनले सोही सन्दर्भमा दावी गरे ।
नयाँ संविधान र प्रणाली सुरु भए पनि नियम कानुन निर्माण भइ नसकेकोले केही जटिलता भएको उनको भनाई थियो । यसै वर्ष ऐन कानुन निर्माणको काम सकिने समेत उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *