पोखरामा बम डिस्पोज गर्दा एक शैनिक घाइते

   नयाँ दैनिक comment 0

बैशाख ५, काठमाडौँ । पोखरामा बम डिस्पोज गर्ने क्रममा सेनाका एक अमलदार घाइते भएका छन् ।

पोखरा महानगर पालिका-३ स्थित  गण्डकी प्रदेशसभा कार्यालय नजिक फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्ने क्रममा नेपाली सेनाका धर्म थापा घाइते भएको जनाइएको छ ।

बम निष्क्रिय पार्ने क्रममा घाइते बनेका थापालाई प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाडौँ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *