पोखरामा ‘विप्लव’का दुई विद्यार्थी नेता पक्राउ

   नयाँ दैनिक comment 0

चैत १८, पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपाका २ विद्यार्थीलाई कास्की प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको छ । क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वल पुन पक्राउ परेका हुन् । वास्तोला सहिद विजय वास्तोलाका छोरा समेत हुन् ।

विद्यार्थी संगठनले पृथ्वीनारायण क्याम्पसमा सरकारले गरेको प्रतिबन्ध र पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै प्रदर्शन गरेका थिए । सो प्रदर्शनस्थलमा भिडियो खिच्न पुगेका नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । तर उनी नेपाल पत्रकार महासंघ, कास्कीको दवाबपछि रिहा भएका छन् । अधिकारी डनन्यूज नेशनल डेलीका सम्पादक हुन् ।

विप्लवका नेता कार्यकर्ता देशैभर धमाधम पक्राउ परिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *